Logo

अमेरिकाको न्युयोर्कमा कोरोनाको सङ्क्रमण ‘बुलेट ट्रेन’ को गतिमा

अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको पाइएको छ । त्यहाँका गभर्नर एन्ड्र्यु कोमोले कोरोना भाइरस ‘बुलेट ट्रेन’भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधि उपचारका सामग्रीको आपूर्तिका लागि अपिल गर्नुभएको बीबीसीले जनाएको छ ।

मङ्गलबार पत्रकारसँग उहाँले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताउनुभयो । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको र चार सय भेन्टिलेटर पठाएकोप्रति पनि उहाँले आलोचना गर्नुभयो ।न्युयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ सात हजार मात्र भेन्टिलेटर छन् । न्युयोर्कमा अहिलेसम्म २५ हजार जनालाई सङ्क्रमण भइसकेको छ भने २ सय १० जनाको ज्यान गइसकेको छ ।

यस्तै अमेरिकाभरि अहिलेसम्म ५ सय ८२ जनाको ज्यान गएको छ भने ४६ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी युरोप र अमेरिकमा धेरै फैलिरहेको छ

प्रतिक्रिया दिनुहोस्