Logo

फ्यानसँगको तस्विरले साम्राज्ञीलाई तनाव !

झण्डै ३ साता अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डनमा थिइन् । आफ्नो चलचित्र ‘मारूनी’क प्रदर्शनको लागि निर्मात्री पूनम गौतम सहित उनी लण्डन पुगेकी थिइन् ।

त्यहीँ लण्डनमा आफ्नो फ्यानसँग खिचेको एक तस्विरले अहिले साम्राज्ञीलाई तनाव दिएको छ । साम्राज्ञीले तस्विर खिचाएकी एक फ्यानलाई कोरोना संक्रमण देखिएको छ । जसका कारण साम्राज्ञीलाई तनाव सुरु भएको हो ।

साम्राज्ञीले भगवती रानाभाटसँग तस्विर खिचाएकी थिइन् । अहिले भगवती कोरोना संक्रमित भएर उपचाररत छिन् । उता भगवती बिरामी भएपछि यता साम्राज्ञीलाई धेरैले शंका गरेका छन् । उनलाई आएका म्यासेजबाट दिक्क छिन्, साम्राज्ञी ।

साम्राज्ञी आफूले उनलाई पहिलो पटक भेटेको र तस्विर मात्र खिचाएको बताउँछिन् । साम्राज्ञी अहिले आफू पुर्ण रुपमा स्वस्थ्य भएको बताउँछिन् । उनी अहिले आफ्नो परिवारसँग घरमा नै समय बिताइरहेकी छिन् ।

कोरोनाको त्रास फैलिरहेको समयमा सम्पूर्णले सतर्कता अपनाउन जरुरी रहेको साम्राज्ञीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्