Logo

दुखद खबर : इटालीमा कोरोनाविरूद्ध लडिरहेकी एक नर्समै संक्रमण देखिएपछि गरिन् आत्महत्या !

एक इटालियन नर्सले आफूमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आत्महत्या गरेकी छिन् ।

उनले आफैमा कोरोनाको कहर सुरु हुन लागेको थाहा पाएपछि थप अरुलाई संक्रमण नबढोस् भनेर आत्महत्या गरेको त्यहाँस्थित नर्सहरुको महासंघले खुलासा गरेको छ ।

३४ वर्षीया डानिएला ट्रेजी नामकी ती नर्स इटालीको सबैभन्दा खराब रुपले कोरोना प्रभावित क्षेत्र लोम्बार्डीको एक अस्पतालमा कार्यरत थिइन् ।

इटालीमा कोरोना भाइरसविरुद्धको लडाईंमा नर्सहरु अग्रमोर्चमा खटिएका छन् । अरुलाई बचाउनुपर्ने काममा खटिएकी नर्सले नै आत्महत्या गरेपछि त्यहाँ सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको महासंघले जनाएको छ ।

डेली मेल लेख्छ- ती नर्समा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उनी अरुलाई थप संक्रमण हुन सक्ने कुराले तनावमा थिइन् र सोही कारण आत्महत्याको बाटो रोजिन् ।

नर्सहरुको महासंघले भनेको छ, ‘कैयौँ दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी थिइन् उनी । उनले भारी तनाव भोगिरहेकी थिइन् किनभने संकटलाई नियन्त्रणमा राख्ने क्रममा उनी आफूमा र अरुमा भाइरस फैलिएको डर थियो । नर्सलाई नै कोरोना संक्रमण भएर अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको कुराले हामी मर्माहत छौं ।’

टेलिग्राफका अनुसार सुरूदेखि नै काेराेनाविरूद्धकाे माेर्चामा खटिएकी ती नर्सले आत्महत्या गर्नुअघि एक नाेट लेखेकी थिइन् । जसमा भनिएकाे छ, ‘जब कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफैँ संक्रमित भएकाे थाहा पाएँ, तब अरु मानिसलाई थप संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र थिएन । अरु धेरैको जीवन बचाउन मैले आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’

इटलीमा पछिल्लाे समय काेराेना भाइरसकाे महामारी नियन्त्रणबाहिर गएकाे छ । दैखिक ६०० भन्दा बढीकाे ज्यान गइरहेकाे छ भने अत्यावश्यक मेडिकल सामग्रीहरूकाे समेत अभाव भएकाे समाचारमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्