सुतेको समयमा हरेक मानिसले सपना देख्नु एक सामान्य कुरा हो । हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ । अधिकास मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन । त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असर बारे थाहा हुँदैन । ज्योतिष शास्त्रका अनुसार हरेक सपनाको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ । सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ छ त ?
भोलेनाथ
भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ । यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत बसी बिधिवत रुपमा पूजा आराधना गर्ने गर्दछन् । यसरी धार्मिक रुपमा ठूलो महत्व बोक्ने शिवजीलाई सपनामा देख्नु भए भने विहान उठेर पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई नजिकको शिव मन्दिरमा गएर विधिवत रुपमा पूजा गर्न आवश्यक हुन्छ । यसो गर्दा तपाईका हरेक इच्छा चाहना पूरा हुने र जीवनमा ठूलो सफलता मिल्ने विश्वास छ ।
श्रीकृष्ण
हातमा मुरली, शिरमा मयूरको प्वाख, शितल बगैंचामुनी जीवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मिठो धूनको वातावरणमा विराजमान भगवान कृष्ण हिन्दू धर्मावलम्बीहरुमा निकै प्रिय र शक्तिशाली भगवानको रुपमा मानिने गरिन्छ । यदि यी तपाईले यस्ता शक्तिशाली भगवान श्रीकृष्णलाई राती सपनामा देख्नु भयो भने प्रिय व्यक्तिसँग निकट भविष्यमा भेट हुने संकेत रहनेछ । यसको अर्को अर्थ यस्तो छ कि तपाईले असल जीवन साथी पाउन सक्नुहुन्छ र प्रेमिकासँगको सम्बन्ध पनि गाढा बन्दै जानेछ ।
माता दुर्गा
हिन्दू शास्त्र अनुसार, पुज्य ९ देवीहरु मध्य एक हुन् माता दुर्गा । यदि तपाई राती सुतेको समयमा दुर्गा मातालाई सपनामा देख्नुभयो भने आफू र आफ्नो परिवारका सदस्यहरुमा रहेको सम्पूर्ण रोगहरु नष्ट भएर जानेछ । तपाईको प्रगतिका सम्पूर्ण बाटाहरु खुल्नेछन् र जीवन सुखमय हुनेछ ।
प्रतिक्रिया