क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने भएका छन् ।कोरोना भाइरस रोकथामका लागि सरकारले हालै मात्र यो केन्द्रीय कोष बनाएको हो ।
सन्दीपले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले विपतको घडीमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।
प्रतिक्रिया