Logo

प्रधानमन्त्री राहत कोषमा प्रभाषले दिए ४ करोड

कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भारत सरकारले पनि कोरोनाको संक्रमणबाट बच्न २१ दिने लकडाउनको घोषणा गरिसकेको छ ।

कोरोनाविरुद्धको लडाईमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राहत कोष खडा गरेका छन् । जसमा बलिउडका धेरै सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् ।

‘बाहुबली’ स्टार प्रभाषले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेका छन् । आपतको समयमा सबै एकजुट भएका काम गर्नुपर्ने भन्दै उनले ४ करोड सहयोग गरेका हुन् ।

प्रभासले ४ करोडमा ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र बाँकी ५०/५० लाख आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमन्त्री राहत कोषमा दिएका हुन् ।

त्यस्तै, कलाकार कपिल शर्माले पनि राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै आफूले सहयोग गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘अहिले कतिपयलाई हाम्रो आवाश्यक परेको छ । त्यसैले सहयोग गरेको हुँ । सबै सुरक्षित रहनु होला ।’

प्रभाष र  कपिल बाहेक ऋतिक रोशन, महेश बाबुलगायतले पनि कोरोना भाइरसले निम्त्याएको संकटमा आफ्नो तर्फबाट सकेको सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्