Logo

अक्षय कुमारले कोरोना विरुद्धको लडाइँमा २५ करोड भारु दिने घोषणा

बलिउडका सुपरस्टार अक्षय कुमारले कोरोना भाइरसविरुद्ध लड्नको लागि २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका छन् ।अक्षय कुमारले ट्विट गर्दै प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु दिने घोषणा गरेका छन् । कोरोना विश्वभर फैलिरहेको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय सरकारले २१ दिनको लागि राष्ट्र लकडाउन गरेको छ ।

भारतमा कोरोनाबाट २० जनाको ज्यान गइसकेको छ भने ८३૪ जना संक्रमित भएका छन् । कोरोना विरुद्धको लडाइँको लागि कलाकारहरुका साथै खेलाडीहरुले पनि सहयोग गरेका छन् । सचिन, धोनी, इरफान र युसूफ पठानजस्ता खेलाडीले यसभन्दा पहिला नै कोरोना विरुद्धको लडाइँमा सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्