Logo

कोरोनाविरुद्धको राहत कोषमा वर्षाको सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले राहत कोष खडा गरेको छ । जसमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । वर्षाले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आफूले सहयोग गरेको जानकारी दिएकी छिन् ।

उनले लकडाउनको चपेटामा परी दैनिकी गुजारा गर्न नपाएका व्यक्तिहरुको लागि सहयोग गरेको बोलेकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जावोस् ।’

‘आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा सरकारले गरेको लकडाउनलाई पालाना गरेर बाहिर निस्किने अवस्था छैन । त्यसैले सरकारबाट नै त्यो सहयोग होस्’, उनले थपेकी छिन् ।

वर्षाले अहिलेको अवस्थामा पनि दिनरात मेहनत गरिरहेका स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पनि विशेष धन्यवाद लेखेकी छिन् ।

वर्षाले जस्तै लो गायक बद्री पंगेनीले ५० हजार र गायक प्रकाश सपुतले २ लाख सहयोग गरेका थिए । कलाकार संघ नेपालले पनि उक्त कोषमा आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्