Logo

साम्राज्ञीको प्रतिज्ञा: वर्षमा १ मात्र चलचित्र

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नम्बर १ नायिकाको रुपमा लिने गरिन्छ । डेब्यु चलचित्र ‘ड्रिम्स’बाट नै चर्चामा आएकी साम्राज्ञीले उक्त चलचित्र पश्चात् धेरै चलचित्रको अफर पाइन् ।

उक्त चलचित्र पश्चात् साम्राज्ञीले ‘ए मेरो हजुर २’ निकै हिट भयो । तिमी सँग, इन्टु मिन्टु लण्डनमा, मारुनी लगायत चलचित्रले पनि साम्राज्ञीलाई थप उचाई दियो । रातो टिका निधारमा रिलिज भएपछि भने साम्राज्ञीलाई असफलताको झट्का लाग्यो । त्यसैले होला, उक्त चलचित्रपश्चात् साम्राज्ञी खाली छिन् ।

हालै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले वर्षमा एक चलचित्रमात्र गर्ने बताएकी छिन् । सामाजिक संजालमा लाइभमा आएर साम्राज्ञीले उक्त कुरा बोलेकी हुन् । उनले भनेकी छिन्, ‘म अब वर्षमा एक चलचित्रमात्र काम गर्नेछु । पहिला जस्तो वर्षमा दुई चलचित्र गर्दिन । यसको पछाडि धेरै कारण छ । त्यो म भन्न सक्दिन ।’

साम्राज्ञीले अहिलेसम्म कुनै पनि चलचित्र साइन नगरेको साम्राज्ञीले बताएकी छिन् । उनले भनेकी छिन्, ‘मैले अहिलेसम्म कुनै चलचित्र साइन गरेको छैन । राम्रो चलचित्र नआएसम्म म साइन गर्नेछैन ।’

साम्राज्ञी अब आफू जे पायो त्यही चलचित्रमा काम नगर्ने सोच बनाएकी छिन् । केही कमजोर चलचित्र खेलेर आफ्नो करिअरमा धक्का पुगेपछि साम्राज्ञीको चेत खुलेको हुन सक्छ । उनी अब चलचित्रमा काम गर्न सोच्ने भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्