Logo

मोदीले किन गरिरहेछन् कोरोनाविरुद्ध घरघरमा विजुली बत्ती निभाउन र दियो बाल्न आग्रह ? यस्तो रहेछ ज्योतिषीय रहस्य !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार विहान एक भिडियो सन्देश जारी गर्दै सम्पूर्ण भारतीयहरुलाई अप्रिल ५ तारिक आइतबारका दिन राती ९ बजे ९ मिनेटसम्म दियो वा मैनवत्ती बाल्न आग्रह गरे ।

उनले सबैलाई एकठाउँमा भेला नभइ आफ्नै घरमा दियो जलाउन आग्रह गरेका छन् । उनले पहिले विजुली बत्ती निभाउन र दियो या मैनवत्ती बाल्न आग्रह गरेका हुन् । उनको यो घोषणासँगै भारतीय ज्योतिषीहरुले यसको पछाडि ज्योतिषीय रहस्य रहेको बताएका छन् । उनीहरुका अनुसार यस्तो रहेछ मोदीको सन्देशको ज्योतिषीय रहस्यः

१.आइतबार सूर्य ग्रहको दिन हो । यस दिन चन्द्रमा सूर्यको राशि सिंह राशिमा अवस्थित हुनेछ । चन्द्रमालाई ज्योतिषशास्त्रले मनको कारकको रुपमा लिन्छ । बत्ती बाल्दा चन्द्रमालाई प्रकाशको बल प्राप्त हुने ज्योतिषीहरुले बताएका छन् । यसबाट विश्व व्रह्माण्डका मानिसहरुको मन बलियो हुने विश्वास उनीहरुले लिएका छन् ।

२. अंक ज्योतिषका अनुसार सन् २०२० राहुको वर्ष हो । २०२० को सबै अंक जोडेर एकल अंक निकाल्दा ४ अंक हुन्छ । ४ अंक राहुको अंक हो । राहुको वर्ष भएकोले रोगव्याधी, दुःख कष्ट बढ्छ । अप्रिल ५, २०२० को दिनको अंक पनि ४ नै हुन्छ । २०२०–०४-०५ मा भएका सबै अंक जोड्दा अन्त्यमा ४ नै प्राप्त हुन्छ अर्थात राहुकै अंक प्राप्त हुन्छ ।

३.आइतबारको तारिखको अंक ५ हो, जुन बुधको अंक हो । बुधलाई बुद्धिको कारक मानिन्छ । साथै बुध गला या घाँटीको कारक पनि हो । कोरोना भाइरसको संक्रमणपछि श्वासप्रश्वास प्रणाली नै पहिले खराब हुन्छ । त्यसैले बुधलाई मजबुत बनाउन खोजिएको ज्योतिषीहरुले बताएका छन् ।

४. मोदीको घोषणामा राती ९ बजे दियो बाल्न भनिएको छ र ९ मिनेट नै बाल्न भनिएको छ । ९ अंक अन्तिम अंक पनि हो र अंक ज्योतिषमा मंगलको अंक हो । मंगललाई ज्योतिषशास्त्रमा उर्जा, बल, ताकतको कारक मानिएको छ । मंगल पनि अग्नितत्व ग्रह हो । यसरी ९ बजे ९ मिनेट दियो बाल्दा मंगल बलवान हुने विश्वास गरिएको छ । मंगल बलवान हुँदा राहु कमजोर हुने र कोरोना भाइरसको प्रभाव कम हुने ज्योतिषीहरुले बताएका छन् । साथै यसले सबैमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने र रोगसँग लड्ने हिम्मत पैदा हुने पनि बताइएको छ ।

५.राती ९ बजेको समयमा भारतमा तुला लग्नको उदय हुनेछ । यतिबेला राहु नवौं भावमा हुनेछ । एकसाथ दियो जलाउँदा व्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ र त्यसको सकारात्मक प्रभाव पर्नेछ । यसबाट सबैमा कोरोनाविरुद्ध लड्ने उर्जा प्राप्त हुन्छ ।

६. मोदीको भिडियो सन्देश पनि विहान ९ बजे नै आएको र लकडाउनको नवौं दिन आएको भन्दै ज्योतिषीहरुले ९ अंकलाई प्राथमिकता दिइएको अर्थात मंगललाई बलियो बनाउन खोजिएको बताएका छन् ।

७.अंक ज्योतिषका जानकारहरुले बताएका छन् कि मोदीले ९ लाई अर्थात मंगललाई मजबुत बनाउन खोजेका छन् । अप्रिल अर्थात ४ अंक र ५ तारिक जोड्दा ९ हुन्छ अनि राती ९ बजे र ९ मिनेट सम्म दियो बाल्ने कुरामा ३ वटा ९ छ अनि ३ वटै ९ जोड्दा २७ हुन्छ र यसलाई फेरी जोड्दा ९ नै प्राप्त हुन्छ । यसरी मंगल मजबुत हुने र कोरोनाविरुद्ध लड्न उर्जा प्राप्त हुने, राहु कमजोर हुने बताउँछन् भारतीय ज्योतिषीहरु ।

मंगललाई ज्योतिषशास्त्रमा सेनापतिको दर्जा दिइएको छ । मंगल बलियो हुँदा देशको सुरक्षा बलियो हुने र देशमा ल एण्ड अर्डर पनि कायम हुने बताइन्छ । ज्‍योतिषीहरुले मंगललाई बल प्राप्त भएपछि लकडाउन उल्लंघनमा पनि कमी आउने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्