Logo

आफ्नै देश फर्के सरोज खनाल !

अभिनेता सरोज खनाल अमेरिका उडेका छन् । अमेरिकाले आफ्नो नागरिकहरुलाई आफ्नो देश फर्काएको बेला सरोज पनि अमेरिका फर्किएका हुन् ।

सरोजको परिवार अमेरिकामा नै छन् । अमेरिकाको भर्जिनियामा उनको परिवार बस्दै आएका छन् ।

सरोज केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए । तर, कोरोनाको त्रासका कारण भएको लकडाउनको कारण सरोज रोकिएका थिए । त्यहीँ समय अमेरिकाले बोलाएपछि उनी तुरुन्तै अमेरिका फर्किएका हुन् ।

अहिले विश्वभर कोरोनाको त्रास छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढि देखिन्छ । अमेरिका अहिले सबैभन्दा खतरामा रहेको देश कहलिन्छ ।

सरोज भने आफूलाई सुरक्षित राख्नको लागि जोमिखयुक्त देश अमेरिका पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्