Logo

कोरोनामुक्त भइन् कनिका

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । लखनाऊको एक होटलमा पार्टी दिएकी कनिकाले धेरैलाई कोरोना सारेको धेरैको अनुमान थियो ।

उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए ।

कनिकाको छैटौं रिपोर्ट भने नेगेटीभ आएको छ । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने दिने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटीभ आउनुपर्छ । कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटीभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ ।

कनिकासँग सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परिक्षण पनि भइसकेको छ । उनीहरु पनि कोरोनामुक्त छन् ।

प्रतिक्रिया दिनुहोस्