Logo

अमेरिकन आइडलको टप २०मा नेपाली दिवेश

नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् ।  आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् ।

आर्थर गन उपनामले चिनिने दिवेश मिल्वाकीमा छानिएका थिए । उनले हवाई राज्यमा भएको २० जना छान्ने प्रतिस्पर्धामा बब मार्ली एन्ड द वेलर्सको ‘इज दिस लभ’ गीत गाएका थिए ।  प्रस्तुतिमा जानुअघि उनले धेरै मान्छे सामुन्ने आफूले नगाएकाले डर लागेको बताएका थिए ।

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

२१ वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका आएका हुन् । उनी क्यान्सस राज्यको विचिटामा बस्छन् ।

यस प्रतियोगिताका जजहरू उच्च कोटीका संगीतकर्मी केटी पेरी, ल्युक ब्राउन, र लियोनेल रिची छन्।

प्रतिक्रिया दिनुहोस्