Logo

काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार….(भिडियो सहित)

लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो । तर, पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा असहमति जनाएपछि निर्णय फिर्ता लिइएको हो ।

‘लकडाउनका कारण काम नभएर काठमाडौंमा फसेका व्यक्तिलाई घर पठाउने भनेर केही दिन अगाडिदेखि नै छलफल हुँदै आएको थियो । तर, बिहीबार निर्णय भयो भनेर बाहिर आयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेका छौं । यातायात मन्त्रालयले पनि अहिलेकै अवस्थामा काठमाडौंमा रहेका व्यक्तिलाई घर पठाउन सकिँदैन भनेर भनेको छ ।’

रक्षा मन्त्रालय स्रोतका अनुसार भने बिहीबार रक्षा मन्त्रालयमा भएको बैठकमा शुक्रबार र शनिबार गरी २ दिन काठमाडौंमा रहेका व्यक्तिलाई आ–आफ्नो घर जान दिने विषयमा समझदारी भने बनेको थियो । तर, त्यसले संक्रमण फैलिने जोखिम झन बढ्ने भएपछि निर्णय फिर्ता लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्