Logo

भगवान् बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन, हेर्नुहोस भोलिको राशिफल सुत्नु अगाडी आजै !

मेषः– काम प्रतिको प्रेम भाव घट्ने छैन तर समयमा गर्ने प्रयत्न गर्नु होला । नयाँ संझौता हुनेछ । थोरै प्रयत्न गर्नु भयो भने नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । वैदेशिक कार्य सफल हुनेछन् । जीवन साथिबाट सहयोग मिल्नेछ । रजोगुण बढ्नेछ । यात्राको मुहूर्त टरेको छैन ।

वृषः– आरामको श्वास फेर्न पाईने छैन । काममा कडा रुपमा प्रशस्तुत हुनु होला । हल्लाका रुपमा कुनै कुरा नलिनु होला । सामान्य प्रयासबाट कार्य सम्पादन गर्न कठिनाई हुनेछ । परिश्रमको अन्तिम परिणाम राम्रो मिल्नेछ । आत्मबल र आत्म विश्वास बढ्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

मिथुनः–पठन पाठनमा सामान्य प्रगति हुनेछ । आन्तरिक भन्दा बाहिरी काममा चासो बढ्नेछ । समयलाई बुझ्ने प्रयास गर्नु होला यदि सकिएन भने पछि परिनेछ । आय आर्जनका क्षेत्र कमजोर देखिने छन् । लेनदेन कारोवारमा सचेत हुनु आवस्यक छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

कर्कटः– पाईला पाईलामा विचार गरेर हिड्नु होला । घरका समस्यासँग बढि परिचित हुनु पर्ला । आर्थिक कारोवार विग्रिन सक्छ सचेत नभएको खण्डमा । आम्दानीका मार्ग कमजोर देखिन्छ भने खर्चको मात्रा बढ्न सक्छन । व्यापार व्यवसायमा मन्दि आउनेछ । साथी भाई ईष्ट मित्र सँग भेटघाट हुनेछ ।

सिंहः– समयको सदुपयोग गर्नु होला । काम गरे अनुुसारको प्रतिफल पाउन कुनै कठिनाई हुने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । आम्दानी खर्चको व्यवस्थापनमा बढि ध्यान दिनु पर्नेछ । साथी भाई बन्धु बर्गादि परिवारबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । काममा ढिला नगर्नु होला ।

कन्याः– समयको गति सगै उपलब्धिका मार्ग प्रशस्त हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिने छ । कार्य क्षमता विस्तारै बढ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । ईष्ट मित्रको सहयोग सहानुभूति मिल्नेछ । राजनीति तथा नोकरीमा भूमिकाको खोजी हुनेछ ।

तुलाः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम आसन र भोजन प्राप्तिको योग आज पनि देखिन्छ । फजुल खर्चमा नियन्त्रण आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आय बढ्ला । ढिला सुस्ति नगर्नु होला । कुरा धेरै नगर्नु होला आफ्ना आन्तरिक कुरा बाहिरीन सक्छन् जसको परिणाम आफैलाई नोक्सान हुनेछ ।

वृश्चिकः– उपलब्धिका हिसावले दिन त्यति अनुकुल देखिन्न । रिस,अहकार र क्रोधलाई नियन्त्रण गरेर कर्म क्षेत्रमा जानु होला । व्यर्थको घुमाई फिराई बढि हुनेछ । अतिथि सत्कार र धर्मको नाममा खर्च बढ्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम काजमा समस्या आउने देखिन्छ । विवाद पर्न सक्छ सतर्क रहनु होला ।

धनुः– ग्रह,गोचर अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला सुस्ति गर्नु भयो भने उपलब्धिका अवसर गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । परिवारमा सुख शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । कमाएको धन अरुलाई राख्न नदिनु होला । ऋणमा काम नगर्नु होला ।

मकरः– आजको दिन पनि अनुकुल नै देखिन्छ । समयले साथ दिनेछ । अधुरा काम सफल हुनेछन् । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । गएका ठाँउमा मान सम्मान पाईने छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । समाजमा इज्जत प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

कुम्भः– मनोविकार हट्नेछ । धार्मिक क्रियामा सहभागिता जनाउनु पर्नेछ । बाहिरी काममा बढि चासो हुदा आफ्ना कामले प्रथमिकता पाउने छैन । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आस्था र विश्वास बढ्नेछ । घर परिवारबाट सहयोग थोरै मिल्नेछ । पढाई लेखाईमा मन जानेछ । उपकारी काम हुनेछन् । मनकारी भेटिने छन् ।

मीनः– काम गर्ने सहज बातावरण अझै बन्ने छैन । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट प्रतिफल मिल्ने छैन । चिसोबाट बच्नु होला । शरीरिक पीडा हुनसक्छ । सन्तानका विषयले तनाव बढाउनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्