काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे भारत जान लागेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो राजकीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, लगानी, पारवहन तथा पूर्वाधार विकासका विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा विभिन्न समझदारीपत्र आदानप्रदान गर्नुका साथै ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ। प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया