सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा पैदलयात्रीको मृ-त्यु


धनुषा । धनुषाको मिथिला नगरपालिका–१० मा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारले शुक्रबार दिउँसो ठक्कर दिँदा नामथर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए ।

उनको सरकारी अस्पताल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।