यूरोपमा मात्रै कोरोनाबाट ८० हजारको मृत्यु, हेर्नुस सबैभन्दा बढी प्रभावित १८ देश !
अहिले विश्वभर काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या १ लाख १९ हजार ६८६ पुगेकाे छ । त्यसमध्ये यूराेपमा मात्रै कोरोना संक्रमणका कारण ७९ हजार ९८९ को मृत्यु भइसकेको छ । त्यहाँ कोरोना संक्रमणका घटना विश्वको आधा देखिए पनि मृत्यु भने अन्य देशको तुलनामा उच्च देखिएको हाे ।
यो समाचार तयार पार्दासम्म विश्वभर कुल संक्रमित संख्या १९ लाख २४ हजार ६६२ पुगेको छ । यूरोपमा मात्रै ९ लाख ७ हजार ३८६ जनामा कोरोना संक्रमण फैलिएको वल्र्डोमिटर्सको तथ्यांकले देखाउँछ ।
बढी संक्रमित स्पेनमा
काेराेना भाइरसले सबैभन्दा बढी थला पारेकाे देशमा स्पेन र इटाली रहेका छन् । यूराेपभरिकै सर्वाधिक संक्रमित रहेकाे देश स्पेन हाे । यहाँ काेराेना १ लाख ७० हजार ९९ पुगेकाे छ ।
स्पेनमा अहिलेसम्म काेराेनाका कारण १७ हजार ७५६ जनाकाे ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ५४७ जनाले काेराेनाका कारण गुमाएका छन् भने ३ हजार २६८ थप नयाँ संक्रमित भेटिएका छन् । तर स्पेनमा ६४ हजार ७२७ जना निकाे पनि भइसकेका छन् ।
बढी मृत्यु इटालीमा
काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली यूराेपभरिकै १ नम्बरमा रहेकाे छ । तर विश्वभरिका अाधारमा दाेस्राे स्थानमा छ । पहिलाे स्थानमा अमेरिका रहेकाे छ ।
अहिलेसम्म इटालीमा काेराेनाका कारणा २० हजार ४६५ जनाले ज्यान गुमाइसकेका छन् । त्यहा पछिल्लाे २४ घण्टामा मात्रै ५६६ जनाकाे मृत्यु भएकाे छ ।
इटलीमा काेराेना संक्रमित १ लाख ५९ हजार ५१६ पुगेका छन् । जसमा ३ हजार १५३ जना नयाँ संक्रमित देखिएका छन् । ३५ हजार ४३५ जना भने निकाे भइसकेका छन् पछिल्लाे समय स्पेन र इटालीमा नयाँ संक्रमण र मृत्युका घटना घट्दै गएकाे देखिन्छ ।
फ्रान्समा १४ हजारकाे मृत्यु
काेराेनाबाट अर्काे बढी प्रभावित देश फ्रान्स हाे । त्यहाँ अहिलेसम्म काेराेना संक्रमितकाे १ लाख ३६ हजार ७७९ पुगेकाे छ । मृत्यु हुनेकाे संख्या १४ हजार ९६७ पुगेकाे छ ।
साेमबार मात्रै फ्रान्समा ५७५ जनाकाे मृत्यु भएकाे छ भने ४ हजार १८८ नयाँ संक्रमित थपिएका छन् । कुल संक्रिमतमध्ये २७ हजार ७१८ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
बेलायतमा ११ हजारकाे मृत्यु
यूराेपकाे अर्काे बढी प्रभावित देश बेलायत हाे । त्यहाँ पनि पछिल्ला दिनहरूमा नयाँ संक्रमित र मृत्युका घटनामा क्रमशः कमी अाइरहेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ ।
बेलायमा काेराेनाका कारण अहिलेसम्म ११ हजार ३२९ जनाकाे ज्यान गइसकेके छ । साेमबार मात्रै बेलायतमा ७१७ जनाकाे मृत्यु भएकाे छ । त्यहाँ साेमबार ४ हजार ३४२ नयाँ संक्रमित थपिएसँगै याे संख्या ८८ हजार ६१२ पुगेकाे छ ।
जर्मनी : संक्रमण बढी, मृत्यु कम
अर्काे बढी प्रभावित जर्मनी हाे । त्यहाँ काेराेना संक्रमित संख्या धेरै रहे पनि मृत्यु भने अन्य देशकाे तुलनामा कम देखिएकाे छ ।
जर्मनीमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या १ लाख ३० हजार ७२ पुगेकाे छ । तर मृत्युदर न्यून हुँदा यहाँ ३ हजार १९४ जनाले मात्र काेराेनाका कारण ज्यान गुमाएका छन् । फ्रान्समा संक्रमित संख्या जर्मनीकाे भन्दा ६ हजारले मात्र बढी छ, तर मृत्यु हुनेकाे संख्या ११ हजारभन्दा बढीले फरक छ ।
यूराेपमा अन्य बढी प्रभावित देशमा बेल्जियम, नेदरल्यान्ड्स, स्वीजरल्यान्ड, रूस, पाेर्चुगल, अस्ट्रिया, स्वीडेन लगायत रहेका छन् ।
यूराेपमा काेराेनाबाट १०० भन्दा बढी मृत्यु र ५००० भन्दा बढी संक्रमित हुने १८ देश-