बिहीबारसम्म नेपालका १५ जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो । भारतबाट आएका दुई युवाको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरी कञ्चनपुरमा पनि एक जनामा संक्रमण पुुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् । हाल उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । बिहीबारसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ११ वटा परीक्षण भएका छन् । यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन् ।
| जिल्ला | कुल संक्रमित | जम्मा मृत्यु | निको भएको |
|---|---|---|---|
| उदयपुर | २८ | ० | ६ |
| पर्सा | २४ | ० | ३ |
| बाँके | २३ | ० | ० |
| काठमाडौं | ५ | ० | ५ |
| कैलाली | ४ | ० | ३ |
| रौतहट | ३ | ० | १ |
| बाग्लुङ | २ | ० | २ |
| बारा | २ | ० | ० |
| चितवन | २ | ० | १ |
| झापा | २ | ० | ० |
| कपिलवस्तु | २ | ० | ० |
| भोजपुर | १ | ० | ० |
| धनुषा | १ | ० | ० |
| कञ्चनपुर | १ | ० | १ |
| रुपन्देही | १ | ० | ० |












प्रतिक्रिया