कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का ११ महिने दूधे बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पतालमा गरेको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको हो।
संक्रमितका आमाबुवा वैशाख १४ गते धनगढीको गौरीफन्टा नाकाहुँदै कञ्चनपुर आइपुगेका थिए । संक्रमित बालक बुवाआमासँगै भारतको गुडगाउँबाट नेपाल आएका हुन् । उनीहरुलाई नाकाबाट शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माविमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि आमा र बालकलाई घर पठाउन स्वास्थ्य परीण गर्दा कोरोना भाइरस संक्रमण देखिएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य प्रमुख परमानन्द भट्टले बताए। उनका अनुसार आमाको रिपोर्ट नेगेटिभ आएको छ भने बुवाको परीक्षण हुन बाँकी छ।अहिले सम्पर्कमा आएका व्यक्तिको खाजी भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए। संक्रमित
बालिकालाई महाकाली अस्पताल ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रिया