Logo

दुर्गेश थापालाई आस्थाको कडा जवाफ“न सुर,न ताल” भन्दै लगाइन यस्तो आरोप !

छिल्लो समय गीत संगितको नाममा भित्रिरहेको विकृति विसंगतिप्रति गायिका आस्था राउतले असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति रहेको देखिन्छ । केहि दिन अघिदेखि गायक तथा मोडल दुर्गेश थापा एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका छन् ।

उक्त कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए भने रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गाएका थिए । दुर्गेशको यहि विवादित अन्तरवार्तापछि नै आस्थाले उक्त स्टाटस राखेकी हुन् । जहाँ लेखिएको छ –

नाच्ने मान्छे रहरले गाउन थाल्छ,
न सुर सिकेर आउँछ न ताल आउँछ,
अटो ट्युनले आजकल जो पनि गाउने,
के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?
युटुबबाट डलर त आउला..
तर म्युजिकल ज्ञान कहाँबाट छाउला !!
हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ..
के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ??
हैट, अब के चाहिँ गर्नु !!
केहि बोल्नु कि नबोल्नु ??

प्रतिक्रिया दिनुहोस्