Logo

भर्खरै गृहसचिव र आईजीपीले एसिड पीडितलाई भेटे !

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले एसिड प्रहारबाट घाइते भएकी पवित्रा कार्कीसँग भेट गरेका छन् । मंगलबार साँझ सचिव न्यौपाने र आईजीपी क्षत्रीले कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचाररत एसिड पीडित कार्कीलाई भेटेका हुन् । साथमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल पनि थिए ।

एसिड प्रहारबाट अनुहार क्षतविक्षत भएकी कार्कीलाई भेटेसँगै सचिव न्यौपाने र आईजीपी थापाले एसिड प्रहार गर्ने दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

एसिड पीडित कार्कीले बोल्न नसकेपछि आफ्नो पीडा र आफूमाथि भएको अपराधबारे सचिव न्यौपाने र आईजीपी थापालाई कागजमा लेखेर जानकारी दिएकी थिइन् । कार्कीले आफूमाथि एसिड प्रहार गर्नेमाथि कडा कारबाहीको माग गरेकी छिन् । कार्कीमाथि एसिड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्