Logo

ज्ञानेन्द्र मल्ललाई हटाउनुको कारण यस्तो: कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसकाे अधिकार भएको बताएका छन् ।

आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने उनले बताए ।

क्यानले गएकाे महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो । मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो । जसअनुसार सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पुबुदुले आफूसँग २०११ देखि २०१५ सम्म काम गरेको अनुभव भएको भन्दै नेपाली टोली खुसी बनाएर नेपालका लागि खेलाउने प्रतिबद्धता जनाए । त्यसका लागि सुरुवातमा ३० खेलाडीभन्दा बढीलाई बन्द प्रशिक्षणमा बोलाउने उनले बताए ।

प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । त्यही कारण पनि दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्