Logo

बिचौलियाको बिगबिगि अन्त्य गर्छु : मन्त्री दाहाल

काठमाडौँ , १६ माघ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन् ।

अनुगमनका क्रममा सेवालाई चूस्तदुरुस्त बनाउन निर्देशन दिदै उहाले आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने बताएका छन् ।

त्यस्तै उहाले यातायातमा बिचौलियालाई अन्त्य गर्दै सेटिङलाई पनि रोक्ने स्पष्ट पार्नुभयो । बिचौलियाले गर्दा कार्यालय नै बदनाम भएको भन्दै यसलाई रोक्न पनि निर्देशन दिइएको उनको भनाइ छ ।

थप जानकारि भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्