Logo

६३ लाख ठगी गर्ने युवती पक्राउ

युरोप पठाउने भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २७ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नुवाकोट विदुर नगरपालिका – ७ की दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पौडेलले प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भनेर ९ जनाबाट ६३ लाख २० हजार रूपैयाँ ठगी गरेकी थिइन् ।

न्यूजिल्याण्डमा मासिक १ लाख ७० हजार रूपैयाँ कमाइ हुने भन्दै पैसा उठाएको उनीमाथि आरोप लागेको छ । अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्