Logo

महंगो तेलले बाइक बेच्न बाध्य बनाउँदै

पछिल्लो दुई महिनायता बजारमा सेकेन्ड ह्यान्ड (रिकन्डिसन) मोटरसाइकल र स्कुटर (बाइक) को बिक्री बढेको छ । विशेषगरी सेकेन्ड ह्यान्ड बाइक बेच्नेहरु बढेपछि किन्नेहरुले पनि धेरै विकल्पहरु पाउन थालेका छन् ।

वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण नयाँ मोटरसाइकलरस्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकलरस्कुटरको आयात घटेको हो ।

साउनयता त सरकारले १५० सीसीभन्दा माथिको बाइक आयात नै गर्न रोकिदिएको छ । यसले यस्ता कारणले बजारमा रिकन्डिसन बाइकहरुको माग बढेको छ ।

प्रतिक्रिया दिनुहोस्