Logo

काभ्रेस्थलीमा एकै घरका चार जनाको शव भेटियो

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।

तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्