नेपाल–भारत सांस्कृतिक सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्न माग


काठमाडौँ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई बदलिँदो समय र नयाँ पुस्ताको सोचअनुसार पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार आयोजित कार्यक्रममा दुवै देशका विज्ञ तथा सरोकारवालाले सांस्कृतिक, शैक्षिक र खेलकुद सम्बन्धलाई थप संस्थागत बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकार बनाउने, युवाको सीप तथा रोजगारी अभिवृद्धि गर्ने र ब्रेन ड्रेनको समस्या समाधान गर्न नेपाल–भारतले सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।

वक्ताहरूले परम्परागत सांस्कृतिक विरासतसँगै बदलिँदो परिस्थितिअनुसार नयाँ नीति निर्माण गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।