भरतपुरमा मङ्सिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै


काठमाडौँ । घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउँदै स्वदेशी लगानी र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।

मङ्सिर २५ देखि २७ गतेसम्म चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुने एक्स्पोमा निर्माण व्यवसायी, कम्पनी तथा सामग्री उत्पादकका ६० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिनुका साथै आधुनिक निर्माण प्रविधि, सुरक्षित आवास र गुणस्तरीय निर्माणबारे जानकारी दिने अपेक्षा गरिएको छ ।