Logo

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षण गर्दा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २६४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ९३४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्