Logo

प्रकाश’ फिल्मले राख्यो शिक्षकबारे कविता प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ ।

निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो । प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागीहरूले आफ्नो गुरु (शिक्षक)को विशेषता वा महत्वबारे कविता लेख्नुपर्नेछ ।

प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागिता जनाउनका लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्ने निर्माण टिमले जनाएको छ । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । कविता नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सक्ने जनाइएको छ ।सहभागीले कविताको भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ ।

कविताको लम्बाई १ मिनेटदेखि साढे १ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । [साउन २० गतेदेखि भदौ २० गतेसम्मका लागि प्रतिस्पर्धा समयावधि तोकिएको छ । विकट गाउँको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा ‘प्रकाश’ चलचित्रमा देखाइएको छ । दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् । विकास सुवेदीको लेखन रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्