Logo

ट्याक्टर दुर्घटना एकको मृत्यु, दुई जना घाइते

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ठूलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेरबहादुर केसी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी छ ।

घाइते भएका ट्याक्टरमै सवार दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर हिजो साँझ पौने ६ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस्