Logo

मनकामना मन्दिर पुग्ने केबलकार सेवा बन्द हुने

स्तरोन्नतिका लागि प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुग्ने केबलकार सेवा बन्द हुने भएको छ । स्तरोन्नतिका लागि साउन २३ गते गतेबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि केवलकार सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जानकारी दिएका छन् ।

पहिलो चरणको स्तरोन्नतिका लागि ५/६ हप्ता समय लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । केवलकारलाई एनालगबाट डिजिटल प्रविधिमा लैजानका लागि विदेशबाट प्राविधिक वोलाएर स्तरोन्नति गर्न लागिएको हो ।

२३ वर्षअघि मनकामना मन्दिर जाने भक्तजनलाई लक्षित गरेर चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्म केवलकार सेवा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्