Logo

कोसीको भँगालो बस्ती पस्दा करिब २० हजार विस्थापित ……(भिडियो सहित)

सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताए ।

बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ श्रीलंका टापुको चारैतिरबाट सप्तकोशीको पानीले घेरिएको तर त्यहाँका सर्वसाधारणले अहिले नै उद्धार जरुरी नरहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

‘बराह क्षेत्र नगरपालिका ६ र ९ मा ५०० घरधुरीका २५ सय जनसंख्या छ, उहाँहरुले अझै असुरक्षित छौं भन्नुभएको छ, उहाँहरुसँग पशुधन पनि छ’ उनले भने । आफूहरु खतराको अवस्था बुझ्न श्रीलंका टापु जान लागेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

त्यहाँ औषधि, खाद्यान्न जस्ता अत्यावश्यक वस्तु अभाव हुन नदिनेमा सचेत रहेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का बासिन्दा पनि डुवानको जोखिममा रहेको र उनीहरुलाई रबर बोटबाट उद्धार गरिरहेको सुनसरीका प्रजिअ यादवले बताए ।

‘त्यहाँ दुई हजार घरधुरीका १८ हजार सर्वसाधारण विस्थापनको जोखिममा रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले रबर बोटबाट उद्धार गरिरहेको छ र विद्यालय लगायत सार्वजनिक भवनमा राखेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्