Logo

सिभिल बैंकका कर्मचारी र ग्राहकलाई न्युरोडको THREECOM NETWORK TECHNOLOGY मा विशेष छुट

बैंकिङ खबर/ सिभिल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई काठमाडौं न्युरोडको (पिपुल्स प्लाजा) THREECOM NETWORK TECHNOLOGY मा विशेष छुट प्रदान गर्ने सम्झौता गरिएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठ र THREECOM NETWORK TECHNOLOGY को तर्फबाट प्रोपाईटर विपीन जयसवालले हस्ताक्षर गनुभएको हो । सम्झौता कार्यक्रममा सिभिल बैकं लिमिटेडको प्रधान कार्यालयका Manager-Transaction Banking कास्येप मानन्धर र THREECOM NETWORK TECHNOLOGY Managing Director का सन्जय जयसवालको समेत उपस्थित रहेका थिए ।

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त THREECOM NETWORK TECHNOLOGY मा, Laptop खरिदमा ५ प्रतिशत,Mobile Phones खरिदमा २.५ प्रतिशत,Mobile & Laptop Accessories मा १० प्रतिशत तथा Mobile & Laptop मर्मतमा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास अगाध स्नेह र माया बैक प्रतिको विश्वासले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० एटिएमका साथै संस्थागत सुशासन, जोखिम ब्यबस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैकंले पालना गर्दै आएको छ ।

आगामी दिनमा पनि यस किसिमको ग्राहकको सेवा सुविधा र छुटका लागि विभिन्न संघसंस्थाहरु सँग समन्वय गरी यस्ता किसिमका सम्झौताका कार्यक्रमहरु गर्ने कुरा समेत उक्त बैकंको नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्