Logo

केपी शर्मा ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको हो।

शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो।

`उहाँहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको हो,´ स्रोतले , `गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा पुगिसकेको छैन। फेरि बैठक होला।’ जानकारी दिएको छ।

लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए।

उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्