Logo

लिंग्देल र ओली बिच सिदियो छलफल , यी बिसयमा भयो कुराकानी

एमाले अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ । ‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन पाठकले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताएका छन् । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए ।

अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्