Logo

त्रिसुलिमा खस्यो इँटा बोकेको ट्रक

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।

प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार ना ७ ख ७१०३ नम्बरको ट्रकमा दुई जना सवार थिए। चालक र सहचालकले हाम्फालेर ज्यान जोगाएको र अहिले प्रहरीको सम्पर्कमा आएका छन्।

ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्