Logo

आफुले नबोलेको कुरा प्रचार गरिएको भन्दै वर्षमानको आपत्ति

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं कार्यालय इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ले आफूले नबोलेको कुरालाई केही मिडियाले गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।

निर्वाचन खर्चिलो भयो, निर्वाचन प्रणाली सुधार गरौं भन्ने सन्दर्भमा एक जना पत्रकारले लेखेको कुरालाई उल्लेख गरेको प्रसंगलाई नियोजित प्रचार गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ती जनाएका हुन् ।

‘मेरो अन्तवार्ताको पूर्णपाठ हेरेर मात्र प्रतिक्रिया दिन सबैमा हार्दिक अनुरोध गर्दछु’ नेता पुनले सामाजिक सञ्जालमार्फत फेसबुकमा लेखेका छन् । एक अन्तर्वार्तामा पत्रकारले निर्वाचन महंगो बनाउन जनता पनि भ्रष्ट भए नि, यसमा जनताको दोष छैन भन्ने सन्दर्भमा गरेको प्रश्नमा नेता पुनले यो निर्वाचन प्रणाली नै महंगो छ, यसलाई बदल्नुपर्छ भन्ने आशयको जवाफ दिएको बताएका छन् । यसलाई गलत अर्थ लगाएर केही अनलाइनले नेपालमा नेतालाई भ्रष्ट बन्नबाट रोक्ने हो भने जनता भ्रष्ट बन्नुहुन्न भन्ने आशयका समाचार आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्