Logo

केन्द्रीय प्रशिक्षक खुश्बु ओलीको अगुवाईमा राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले ७ वटा प्रदेशमाको स्तरीय प्रशिक्षण सम्पन्न

चितवन । ३० साउन 

राप्रपाको बाग्मती प्रदेश स्तरीय प्रशिक्षण २८-२९ गते सौराहा चितवन सम्पन्न भएको छ । पार्टीका उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुबबहादुर प्रधान ज्यु, उपाध्यक्ष बिक्रम पाण्डे , केन्द्रीय र स्थानीय नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष प्रधान, केन्द्रीय प्रवक्ता भक्ति सीटौला , केन्द्रीय प्रशिक्षक खुश्बु ओली

चैतन्य कृष्ण स्वामी, रबिन कटुवाल लगायतका प्रशिक्षकले समसामयिक, सांगठनिक र आगामी चुनाव लक्षित विविध विषयमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले ७ वटा प्रदेशमा नै स्तरीय प्रशिक्षण सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्