Logo

रुपन्देहीमा अघ्यात समुहले गोलि चलाउदा एक युवकको मिर्त्यु

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका श्रोतले जनाएको छ।

जिल्लाको ओमसतिया – ४ बसन्तपुरमा आइतबार राति १२ बज्न लागेको समयमा गोली चलेको हो । उक्त समूहले चलाएको गोली लाग्दा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक मोटरसाइकलमा आएका ३ जनाको समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो ।

गुरुङको हाल युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्य सामान्य रहेको पनि प्रहरीले जनाएको छ । गुरुङमाथि गोली चलेको आधा घण्टा अघि मात्रै रुपन्देहीकै रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै घटनामा संलग्न तिनै समूह भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि प्रहरीले घटनामा संलग्नहरुको पहिचान भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्