Logo

४ दिनभित्रमा महानगरको फोहोर ब्यवस्थापन गर्छौ : महानगर

काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर व्यवस्थापनको काम ४ दिनमा सकिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

टेकु ट्रान्फर स्टेसनमा रहेका बाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिएकि छिन्।

प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ ।

यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्