Logo

आइतबारदेखि राहदानी विभागले बेसमेन्टमै पार्किङ गर्ने

त्रिपुरेश्वरमा रहेको राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको जानकारी गराएको छ । काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो ।

विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत अनुरोध गरेको छ । काठमाडौं महानगरपालिकाले पटक पटक छलफलमा पार्किङको लागि ठाउँ खाली गर्न भन्दै ताकेता गरेता पनि नमानेपछि प्रहरी लगाएर ठाउँ खाली गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्