Logo

चलचित्र “२.० छड्के”को पोस्टर सार्वजनिक संगै अनमोलको लुक्स आउट

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र”२.० छड्के”को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ । छायांकनका वीच चलचित्रको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अनमोलको लुक्स आउट गरेको छ ।

सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । रगत लतपत्तिएको तरबार समातेका अनमोलको मुखमा चुरोट खिल्ली छ । उनको शरीर भरी ट्याटु खोपिएको छ । छातीमा १९९४ डेट खोपिएको छ । उनी आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रसंग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

६० दिनको छायांकन सेड्युल निकालिएको चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनको क्रममा बिस्तारै अझै चलचित्र सम्बन्धि धेरै जानकारी सार्वजनिक गर्दै जाने निर्देशक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्