Logo

पाँच दल गठबन्धन गरी जनतामा जानु ठगी हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको बताए।

शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन्। उनले गठबन्धन चुनावमा नभई बेथिति जोगाउन, अराजताविरूद्ध न्याय जोगाउन, संविधानको रक्षा गर्न आवश्यक पर्ने बताएका छन्।

‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर चुनाव लड्नका लागि आएका छन्। हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ। दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ,’ उनले भनेका छन् ।

तर चुनावमा यसरी टुक्राटाक्री परेका पाँच दलीय गठबन्धन गरी जनतामा जानु ठगी भएको उनले बताए। ‘आम चुनावमा टुक्राटाक्री परेका पाँच-पाँच वटा दल, छ-छ वटा दल मिलेर एक भएर यसरी जनतामा जानु भनेको ठगी हो। यस्तो ठगीलाई नेपाली जनताले अनुमोदन गर्नुहुँदैन। राजनीतिक दल एक्लैएक्लै आउनुपर्छ,’ उनले भनेका छन्।

उनले सत्ता गठबन्धनको बैठकमा पार्टीका दलहरूले दाबी गरेका सिटबारे पनि टिप्पणी गरेका छन्। ‘१६५ ठाउँमा अहिले हिसाब गरेको देखेको थिएँ मैले। गठबन्धनकै दाबी जोड्दाखेरी २३३ जना पुग्नेभएछ। जबकी उहाँहरूलाई थाहा छ जम्मा १६५ चाहिन्छ भनेर। अब उस्तै पर्‍यो भने यी सबै दल मिलेर आफूलाई जति सिट चाहिने हो संशोधन गरेर त्यतिनै सिट संसदमा बनाउन समेत सक्नेछन्। हामी होसियार हुनुपर्नेछ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्