Logo

काठमाडौं ४ मा गगन थापा र राजन भट्टराई संग भिडदै रोशन बर्मा ,भन्छन अबको प्रधानमन्त्री म नै हो ।

काठमाडौ क्षेत्र नं. ४ मा गगन थापालाई चुनौति दिदै ३२ वर्षिय युवा रोशन बर्मा डोजर चुनाब चिन्ह लियर मैदानमा उत्रिएका छ्न । युवाहरुको साथ पाएका रोशन बर्मा भन्छन म प्रधानमन्त्रीको पनि दावेदार हो । उनी आफू प्रधानमन्त्री भए नेपालको स्रोत साधन प्रयोग गरि नेपाललाइ ५ बर्ष भित्र जी २० मुलुक सरह बनाउने ग्यारेन्टी गरेका छन ।

राष्ट्रप्रमुख राजा हुनुपर्ने,हिन्दुराष्ट्र कायम हुनुपर्ने ,संघीयता खारेजी लगायत जनता नै जनार्दन हुनुपर्ने माग सहित १६ बुदे एजेन्डा लिएर चुनाबी मैदानमा उत्रेका युवानेता रोशन आफ्नो एजेन्डा देशकै सबभन्दा उत्कृष्ट भयको दाबी गर्दै आफ्नो सरकार बने अब उपरान्त जनताले सरकारी कार्यलयमा निवेदन को साटो आदेश पत्र लेख्ने प्राबधान बनाउने बताउछन् ।

नेपाल को भुभाग टिस्टा काङ्गडा सम्म भएको हुदा आफू प्रधानमन्त्री भए सर्ब प्रथम टिस्टा काङ्ग्डा फिर्ता गर्ने , १० लाख गोर्खाली सेना तैयार गर्ने, एयर फोर्स तत्काल स्थापना गर्ने, शिक्षा, स्वास्थ पुर्ण निशुल्क गराइ दलहरुले बेची खाएका सम्पुर्ण पन्चायतकालिन कलकारखाना सुचारु गराउने उनको गुरु योजना रहेको छ। एमसीसी ,नागरिता बिधेक जस्ता रास्ट्रघाती सन्धी मिलेरै पास गराएका काङ्रेस ,एमाले, माओबादिका उम्मेदवारलाई यो पटक देशै भरी र काठमाडौ ४ मा झन फलामे चिउरा चपाय झै हुने उनको दाबि छ ।

प्रतिक्रिया दिनुहोस्