Logo

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोटमा

जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट वार्तामा मिसिने भएका छन् ।नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष राउतलाई पनि बालकोट वार्ता बोलाइएको हो । बालकोटमा नेकपा एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि सरकारमा सहभागी गराउन बैठक बोलिएको छ । राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका थिए । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्