Logo

चलचित्र “ह्यारीकी प्यारी”को ट्रेलर सार्वजनिक….(हेर्नुस् ट्रेलर)

चलचित्र “ह्यारीकी प्यारी”को ट्रेलर आज एक कार्यक्रम बीच सार्वजनिक भएको छ । जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाह शिर्ष भूमिकारहेको चलचित्र ट्रेलर चाखलाग्दो छ । चलचित्रका निर्देशक डा.कपिल रिजाल हुन् । उनि डा. भोला रिजालका छोरा पनि हुन् । विर्य दानको कथालाई लिएर बनाइएको चलचित्र ह्यारी कि प्यारी माघ २0 गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा जितु र साम्राज्ञीसँगै लक्ष्मी गिरी, बिजय बराल लगायत अन्य कलाकारहरुको अभिनय छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन् भने छायाँकन सुदीप बरालले गरेका छन् । सम्पादन अर्जुन जिसीको छ ।

हेर्नुस् ट्रेलर

यो चलचित्र नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । चलचित्रमा लामो समयपछि अभिनेत्री रेखा थापा चलचित्र “ह्यारी कि प्यारी”मार्फत आइटम नृत्य गरे र चलचित्र क्षेत्रमा फर्किकी छन् । बिहिबार निर्माण युनिटले काठमाडौंको सिटी सेन्टरमा अवस्थित बीग मुभिजमा फिल्मको आइटम गीत ‘धरहरा’ सार्वजनिक गरेको हो । सोही गीतमा अभिनेत्री रेखालाई आकर्षक तथा बोल्ड नृत्यमा देख्न सकिन्छ । उक्त गीतमा कम्मर ठोक्किएपछि काठमाडौंको धरहा हल्लिएको भाव व्यक्र गरेको छ ।

हेर्नुस् अभिनेत्री रेखालाई आकर्षक तथा बोल्ड नृत्य

प्रतिक्रिया दिनुहोस्