Logo

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा गोलीबारी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

लसएन्जलसबाट करिब १२ किलोमिटरको दूरीमा रहेको मोन्टेरी पार्कमा गोली चलेको हो । चिनियाँ नयाँ वर्ष मनाउन ठूलो संख्यामा मानिसहरू भेला भएको स्थानमा गोली चलेको हो । प्रहरीले गोलीकान्डबारे थप केही जानकारी दिएको छैन । घटनामा अन्य केही घाइते भएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्