Logo

गृह मन्त्रालयका कारण गठबन्धन नटुटोस् : प्रधानमन्त्री

गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे प्रश्न राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले भने ।

पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताएका छन् ।

’ उनले भने, ‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,‘हामी सल्लाहमै छौं ।’

प्रतिक्रिया दिनुहोस्